मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन

बुधबार, २१ माघ २०८२, २३ : ४६
बुधबार, २१ माघ २०८२

सारांश

  • महानिरीक्षक कार्कीले प्रहरी सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिए ।
  • उनले नागरिकको सेवा र सुरक्षाका लागि कटिबद्ध भएर काम गर्न आग्रह गरे ।
  • भवन निर्माण बेलायत सरकारको सहयोगमा भएको थियो ।

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानहादुर कार्कीले प्रहरीले प्रदान गर्ने सेवा गुणस्तरीय बनाउन निर्देशन दिएका छन् ।

इलाका प्रहरी कार्यालय, कोहलपुरमा बुधबार आयोजना भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नवनिर्मित भवनको शुभारम्भ गर्दै उनले नागरिकको सेवा गर्ने भावनाका साथ अनुशासित भई व्यावसायिक र उच्च निष्ठाका साथ कार्य सम्पादन गर्न आग्रह गरे ।

महानिरीक्षक कार्कीले भने, “प्रहरी सेवा मात्रै होइन, यो एउटा जीवनशैली पनि हो । त्यसैले सत्य, निष्ठा, सेवाभाव र सुरक्षाको प्रत्याभूत गर्न जोस र जाँगर चाहिन्छ । नागरिकको सेवा र सुरक्षाका लागि राज्यका प्रतिनिधिका रूपमा गाउँगाउँमा प्रभावकारी काममा ध्यान दिनुस् ।”

उनले हिंसामा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा दिँदा गोपनीयतालाई समेत कायम राख्ने गरी संयन्त्र निर्माण गरिने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलगायतले प्रहरीलाई जनमैत्री हुन सुझाव दिएका थिए ।

उक्त भवन बेलायत सरकारको सहयोगमा रु दुई करोड १४ लाख ७३ हजार १०७ लागतमा निर्माण भएको हो । यसअघि महानिरीक्षक कार्कीले कपिलवस्तुमा पनि नवनिर्मित भवनको शुभारम्भ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप