आजीवन सजायविरुद्ध पुनरावेदनमा गए आबेका हत्यारा
सारांश
- जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्यामा दोषी ठहरिएका यामागामीले आजीवन कारावासको सजायविरुद्ध पुनरावेदन दिएका छन्।
- यामागामीले सन् २०२२ मा चुनावी भाषणका क्रममा आबेलाई गोली हानेको स्वीकार गरेका थिए, जसलाई अदालतले गम्भीर मानेको थियो।
- यामागामीकी आमाले युनिफिकेसन चर्चलाई दान दिएपछि परिवार आर्थिक रूपमा समस्यामा परेको थियो र उनले चर्चसँग आबेको सम्बन्धबारे प्रश्न उठाएका थिए।
टोकियो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरेको आरोपमा दोषी ठहर भएका तेत्सुया यामागामीले गत महिना सुनाइएको आजीवन कारावासको सजायविरुद्ध बुधबार ओसाका उच्च अदालतमा पुनरावेदन दायर गरेका छन् । उनका वकिलहरूले नारा जिल्ला अदालतको फैसलालाई चुनौती दिएका छन् ।
तल्लो अदालतको निर्णय सच्याउने अवसर खोज्दै प्रतिवादीसँग छलफलपछि पुनरावेदन दर्ता गरिएको ४५ वर्षीय यामागामीका प्रमुख प्रतिवादी वकिल मासाआकी फुरुकावाले बताए । तर उनले यसबारे थप विवरण दिएका छैनन् । जिल्ला अदालतले जनवरी २१ मा अभियोजन पक्षले माग गरेअनुसार आजीवन कारावासको सजाय सुनाएको थियो । तर प्रतिवादीका वकिलहरूले निश्चित अवधिको जेल सजाय माग गरेका थिए ।
मुद्दाको सुनुवाइ ‘ले जज’ प्रणालीअन्तर्गत भएको थियो । यामागामीले २०२२ मा को जुलाई ८ मा नारा सहरमा चुनावी भाषणका क्रममा घरमा हातैले बनाएको बन्दुकबाट आबेलाई गोली हानेको स्वीकार गरेका थिए । प्रतिवादी टोलीका अनुसार, यामागामीकी आमाले युनिफिकेसन चर्चलाई करिब १० करोड येन दान दिएपछि परिवार आर्थिक रूपमा धराशायी भएको थियो । यामागामीले अदालतमा आबे उक्त धार्मिक समूहको राजनीतिक प्रभावको केन्द्रमा रहेको विश्वास गरेको बताएका थिए ।
यामागामी धार्मिक दुरुपयोगको पीडित भएको भन्दै उनलाई २० वर्षभन्दा बढी नहुने सजाय दिन उनका वकिलहरूले आग्रह गरेका थिए । अदालतले उनको कठिन बाल्यकाललाई स्वीकार गरेपनि हत्या गर्ने निर्णय र कार्यान्वयन स्वयं गरिएको गम्भीर छलाङ भएको ठहर गर्दै आबे दोषी नभएको उल्लेख गर्यो । अदालतले भीडमा गोली चलाउने जोखिमपूर्ण र दुराशयपूर्ण कार्यलाई असाध्यै गम्भीर ठहर गरेको थियो ।
यस घटनाले युनिफिकेसन चर्चको विवादास्पद दान संकलन प्रथामाथि सरकारी छानबिन तीव्र बनायो र टोकियो जिल्ला अदालतले चर्च विघटनको आदेश दियो । चर्चले त्यसविरुद्ध अपिल गरेको छ र टोकियो उच्च अदालतले मार्च ४ मा फैसला सुनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण