ग्यास वितरण सहज बनाउन निगमको पहल, कहाँ–कहाँ पाइन्छ नेपाल ग्यास ?
सारांश
- नेपाल आयल निगमले ग्यासको कृत्रिम अभाव हुन नदिन निगरानी बढाएको छ।
- निगमका अनुसार ग्यासको आयात नियमित भइरहेको छ र उपभोक्तालाई स्टक नगर्न आग्रह गरिएको छ।
- उपत्यकामा आज ६ हजार ४० सिलिन्डर ग्यास वितरण गरिँदैछ।
काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन निगरानी बढाउँदै उपभोक्तालाई अनावश्यक भण्डारण (स्टक) नगर्न आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले ग्यासको आयात नियमित र सहज भइरहेको स्पष्ट पारेका छन् ।
उनका अनुसार हिजो (बुधबार) मात्र इन्डियन आयल कर्पोरेसनबाट १११ बुलेट ग्यास लोड भएको छ, जुन करिब १ लाख ४० हजार ७ सय सिलिन्डर बराबर हो ।
साथै उपभोक्तारुलाई नेपाल ग्यास सहज रूपमा उपलब्ध गराउनका लागि उद्योगसँग निगमले समन्वय गरी ग्यास बिक्री वितरण गराइरहेको जानकारी दिएका छन्।
उनकाअनुसार निगमले नेपाल ग्यास उद्योगसँग समन्वय गरी आज (बिहीबार) का लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिक्री वितरणको व्यवस्था मिलाएको छ।
सार्वजनिक गरिएको बिक्री तालिकाअनुसार अनुसार आज उपत्यकाका ६६ वटा आधिकारिक बिक्रेता/डिपोहरू मार्फत ग्यास वितरण भइरहेको छ । आजका लागि कुल ६ हजार ४० सिलिन्डर ग्यास बजारमा पठाइएको जनाएको छ।

_bZGTNz9AWf.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण