सेयर बजारमा उत्साहजनक सुधार, परिसूचक फेरि २७ सयभन्दा माथि
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बिहीबार नेप्से परिसूचक २७.१९ अंक ले बढेर २७०८.७० को विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारमा कारोबार रकमले पनि नयाँ उचाइ लिएको छ । दिनभर कुल ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा कुल २०१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ५५ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज पाँचवटा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट देखिएको छ । कालिञ्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, रिडी पावरको ९.९७ प्रतिशत र खानिखोला हाइड्रोपावरको ९.९६ प्रतिशतले मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यसैगरी राधी विद्युत् कम्पनीको ५७ करोड ५० लाख, एसवाई प्यानलको ५३ करोड ७४ लाख, आँखुखोला जलविद्युतको ४० करोड ५५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर को ३८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारपछि कुल बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेशन १५ खर्ब ४८ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण