आसिफ चम्किँदा नेपालले सजिलै हरायो क्यानडालाई
चेन्नई । टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।
चेन्नईमा भएको खेलमा नेपालका लागि विकेटकिपर आसिफ शेखले सानदार अर्धशतकीय इनिङ्स खेले । रिटायर्ड आउट हुनअघि उनले मात्र २९ बलमा ५८ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, सन्दीप जोराले ३० बलमा ४४ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए । गुल्सन झाले २५ बलमा ३१ रन बनाउँदै नेपालको जित सुनिश्चित गरे । दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै ९ रन जोडे ।

ओपनर कुशल भुर्तेलले १ चौका र १ छक्काको मद्दतले ११ बलमा १२ रन बनाए । लोकेश बम भने मात्र ५ रन बनाएर पभेलियन फर्किएका थिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । तर, टोलीको सुरुवात भने राम्रो हुन सकेन ।
चौथो ओभरमा नै युवराज शमरा १५ बलमा ७ रन बनाउँदै सोमपाल कामीको शिकार बने । त्यसपछि नवनित धलिवाल र कनवरपाल ताथगुरले क्यानडाको पारी सम्हाले । नवनितले ३६ बलको सामना गर्दै ४१ रन जोडे । उनले १ चौका र ३ छक्का हिर्काए । कनवरपालले २४ बलमा २ चौका र १ छक्का हिर्काए ।
निकोलस किर्तनलाई १० रनमा कुशल भुर्तेलले आउट गरे भने हर्ष थाकेर पनि ८ रन बनाउँदै पभेलियन फर्किए । खेलको अन्त्यतिर विकेटकिपर श्रेयस मोभाले आक्रमक पारी खेले । उनले मात्र १९ बलमा ३८ रन जोडे । यसक्रममा मोभाले २ चौका र ३ छक्का प्रहार गरे । उनलाई जसकरन सिंहले ११ बलमा २१ रन बनाउँदै राम्रो साथ दिए । उनले ३ छक्का प्रहार गरे ।
नेपालका लागि सन्दीप लामिछानेले किफायती बलिङ गर्दै मात्र ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।
यसअघि, चेन्नईमा नै भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
-
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण