शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

न्यायाधीश अधिकारीले पुनर्बहालीको माग गर्दै दायर रिटमा मिसिल कागजात झिकाउने आदेश

बिहीबार, २२ माघ २०८२, १८ : २८
बिहीबार, २२ माघ २०८२

काठमाडौँ । बर्खास्तीमा परेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमा मिसिल कागजात झिकाउने आदेश भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले बिहीबार मिसिल झिकाउने आदेश जारी गरेको हो ।

पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको थियो ।

बर्खास्तीको केही समयअगाडि गरेको एक फैसलामा समेत मोलाहिजा भएको भन्दै उनलाई सर्वोच्च अदालत काजमा तानिएको थियो ।

अधिकारीले तराईको एक जिल्लामा रहँदा पनि आर्थिक लेनदेन गरेर फैसला गरेको उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन हुँदा न्यायाधीश अधिकारीले आर्थिक लेनदेन गरेको पुष्टि भई न्यायपरिषद्समक्ष बर्खास्तीका लागि सिफारिस समेत भएको थियो । 

न्यायाधीश सपना प्रधान मल्लको छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश अधिकारीलाई परिषद्कै बैठकमा माफी मगाएर सफाइ दिएका थिए । 

तर त्यसपछि पनि अधिकारीको बानी नसुध्रिएको र फैसलामा मोलाहिजा भएको पाइएपछि उनलाई बर्खास्त गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप