आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस्, प्रत्येक देशवासीले शान्तिसँग बाँच्न पाउन् : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने कुरा बताइन्।
- उनले सहिदको सम्मान गर्दै आगामी पुस्ताले लडाइँ लड्न नपर्ने गरी काम गर्नुपर्ने बताइन्।
- बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ।
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र स्थापित गर्ने मात्र नभई लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा उनले जनताको र युवाको चाहनाबमोजिम काम गरेर देखाउनुपर्ने बताइन् ।
उनले भनिन्,२००७ सालदेखि जेनजी आन्दोलन कतिले ज्यान गुमाउनुपर्यो ? कति पटक आन्दोलन गर्नुपर्यो ? त्यसको स्मरण गरौँ । ती सहिदहरूको सम्मान गरौँ । तिनको बलिदानीलाई सम्झौँ र उहाँहरूको सपनालाई वास्तवमै साकार पार्न लागौँ ।
आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपर्ने गरी काम गर्नुपर्ने बताइन् ।
उनले भनिन्,एउटा प्रण गरौँ, अठोट गरौँ– आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस् । प्रत्येक देशवासीले शान्तिसँग बाँच्न पाउन् । अबको बाटो शान्तितिर होस् । शान्ति भए मात्र देशमा विकास हुन्छ । सबै जातजाति, धर्म, संस्कृति, वर्ग र समुदायबिच एकता र सहयोगको भावना होस् ।
सबैभन्दा माथि एकता र मानवता हुनुपर्ने उनले बताइन् ।
प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण