प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार काराखेति निष्कासित
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देहीका उम्मेदवार गोविन्द कारखेतिलाई पार्टीबाट निष्कासित गर्यो।
- कारखेतिले पार्टी हित विपरीत काम गरेको र रकम मागेको आरोप लागेको थियो।
- निष्कासित भएपछि कारखेति राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको घोषणा गरे।
बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोविन्द कारखेतिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ। पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएको भन्दै कारखेतिको उम्मेदवारी समेत निष्क्रिय पारिएको पार्टीले जनाएको छ।
पार्टीले जारी गरेको आधिकारिक पत्रअनुसार कारखेतिले नीति, सिद्धान्त र विधानको गम्भीर उल्लङ्घन गरेको पुष्टि भएपछि यो कडा कदम चालिएको हो। उम्मेदवार बनेपछि उनले पार्टीका नेताहरूसँग अनुचित रकम माग गरेको र आफ्नै श्रीमतीलाई अर्को राजनीतिक दलबाट समानुपातिक उम्मेदवार बनाउने प्रयास गरेको गम्भीर आरोप पार्टीले लगाएको छ।
यस्ता क्रियाकलापले पार्टीको छविमा क्षति पुगेको निष्कर्ष निकाल्दै केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयका आधारमा उनलाई हटाइएको जिल्ला इन्चार्ज पंकज राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। पार्टीको यो निर्णयसँगै आजैदेखि कारखेतिको सम्पूर्ण जिम्मेवारी र अधिकार खोसिएको छ। अनुशासन र पार्टी विधानको संरक्षणका लागि यो अन्तिम र बाध्यात्मक निर्णय भएको पार्टीको दाबी छ।
यता, पार्टीबाट निष्कासित भएलगत्तै कारखेतिले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरिसकेको बताएका छन्। उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवारका रूपमा अब मत नमाग्ने घोषणा गर्दै रास्वपामा समाहित भएको जानकारी दिए।
पार्टीले लगाएको ‘रकम मागेको’ आरोपलाई उनले पूर्ण रूपमा गलत र आधारहीन भन्दै दाबी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण