आचारसंहिता विपरीतका १८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी गलत सूचना प्रवाह गर्ने १८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाएको छ ।
निर्वाचन आयोगले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन् ।
‘आचारसंहिता विपरीतका १८१ वटा सूचना विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ’, प्रवक्ता भट्टराईले भने, ‘सात वटा गलत सूचना दूरसञ्चार प्राधिकरण ऐन, अनुसार कारबाहीका लागि प्राधिकरण पठाइएको छ ।’
त्यस्तै वेभसाइड नै खोलेर आचारसंहिता विपरीत काम गरेकाले ४० वटालाई प्रेस काउन्सिलमा पठाइएको पनि आयोगले जनाएको छ ।
त्यसैगरी आयोगले ४७ वटा गलत सूचना केन्द्रीय आचारसंहिता अनुगमन समितिमा कारबाहीका लागि पठाएको जनाएको छ । आयोगले आचारसंहिता विपरीतका कामकारबाही घट्दै गएपनि अपेक्षा अनुसार घटाउन नसकिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण