स्रोत नखुलेको झण्डै ५ लाख रुपैयाँसहित एक जना पक्राउ
रौतहट । स्रोत नखुलेको नगद झण्डै ५ लाख रुपैयाँसहित रौतहटमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा उक्त नगदसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गौर नगरपालिका–१ का ४४ वर्षीय राकेश प्रसाद रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताएका छन्। प्रहरीका अनुसार शुक्रवार बिहान करिब १०:३० बजेको समयमा गौर नगरपालिका–३ स्थित सडकखण्डमा चेकजाँच भइरहेको थियो। सोही क्रममा गौर भन्सार कार्यालयतर्फबाट बी।पी।चोकतर्फ आउँदै गरेको बीआर ३० यु ७२४७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक राकेश प्रसादमाथि शङ्का लागेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको लेगगार्डमा प्लास्टिकको झोलाभित्र लुकाइ छिपाइ राखिएको नेपाली नगद ४ लाख ९९ हजार रुपैयाँ फेला परेको प्रवक्ता बस्यालले जानकारी दिएका छन्। उक्त रकमको स्रोतबारे आवश्यक कागजात माग गर्दा चालकले खुलाउन नसकेको प्रहरीको भनाइ छ।
बरामद नगद रकम, मोटरसाइकल तथा चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण