शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धी नियमावली संशोधन गरेका छाैँ : मन्त्री चौलागाईं

शुक्रबार, २३ माघ २०८२, २१ : ५१
शुक्रबार, २३ माघ २०८२

काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धी देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको दाबी गरेका छन् ।  शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताएका हुन् । वन नियमावलीको तेस्रो संशोधन वर्तमान सरकारले गरेको र त्यो हालसम्मकै सबैभन्दा प्रगतिशील रहेको मन्त्री चौलागाईंको भनाइ थियो ।

उनले विकास, निर्माणको काममा निकुञ्ज क्षेत्रमा देखिएका समस्या पनि सो नियमावलीले समाधान गर्ने बताए ।

मन्त्री चौलागाईले भने,‘यो सरकार आइसकेपछि वन नियमावलीको तेस्रो संशोधन भएको छ । त्यो संशोधन राजपत्रमा पनि आइसकेको छ । र, त्यसमा अहिलेसम्मकै प्रोग्रेसिव सुधारहरू आएका छन् । यो भर्खरै भएको हुनाले मानिसहरूको चर्चामा आउन समय लाग्छ । विगतमा दिइएको सुझावहरूलाई ध्यानमा राखेर त्यो आएको छ । विशेष गरी काठहरूको सदुपयोग गर्न त्यसले काम गर्छ । जुन संरक्षणमुखी हाम्रा नीतिहरू थिए । त्यसको प्रभावकारी कार्यान्वयनमा पनि त्यसबाट हुनेछ ।’

मन्त्री चौलागाईंले वन्यजन्तुबाट मानव बस्तीमा हुने क्षति नियन्त्रण गर्न पनि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्न पहल गरिरहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप