सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

चीनले गोप्य रुपमा आणविक परीक्षण गरेको अमेरिकाको दावी

शुक्रबार, २३ माघ २०८२, २२ : २९
शुक्रबार, २३ माघ २०८२

वासिङ्टन डिसी  । चीनले गोप्य आणविक विस्फोटक परीक्षण गरेको र ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको आरोप वासिङ्टनले शुक्रबार लगाएको छ। अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लङ्घन भनेको छ।

“चीनले विस्फोटक आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षण गर्ने तयारी गरेको कुरा जानकार रहेको मैले पुष्टि गर्न सक्छु,” जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डिनान्नोले दावी गरे ।

उनले भने, “चीनले सन् २०२० को जुन २२ मा यस्तै उत्पादन विकास गर्ने आणविक परीक्षण गरेको थियो ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको अन्त्यतिर पनि यस्तै आरोप लगाएका थिए ।

राष्ट्रपति ट्रम्पले अक्टोबर ३१ मा वासिङ्टनले मस्को र बेइजिङसँग समान आधारमा आणविक परीक्षण सुरु गर्ने बताएका थिए । डिनान्नोले शुक्रबार भने, “चीनको पिपुल्स लिबरेसन आर्मीले ‘आणविक विस्फोटलाई ओझेलमा पारेर परीक्षण लुकाउन खोजेको छ किनकि यी परीक्षणहरूले परीक्षण प्रतिबन्ध प्रतिबद्धताहरूको उल्लङ्घन गरेको पुष्टि गरेका छन्।”

उनले चीनले ‘डिकपलिङ (भूकम्पीय अनुगमनको प्रभावकारिता घटाउने विधि) प्रयोग गरेर आफ्ना गतिविधि संसारबाट लुकाउन प्रयोग गरेको आरोप लगाए ।

शीर्ष आणविक शक्ति राष्ट्रहरू अमेरिका र रूसबीचको अन्तिम सन्धि ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि अमेरिकाले रुस र चीनसँग आणविक हतियारको नयाँ सीमा तोक्नका लागि रुस र चीनसँग त्रिपक्षीय वार्ताको आह्वान गर्ने नयाँ अमेरिकी योजना प्रस्तुत गरिरहेका बेला डिनान्नोको यो टिप्पणी आएको हो ।

चीनले यसअघि नै निशस्त्रीकरण वार्तामा सामेल हुन अस्वीकार गरिसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप