इराकी सुरक्षाबलको कारबाहीमा ७ जना विद्रोही मारिए
इराक । इराकी सुरक्षाबलले दुईवटा छुट्टाछुट्टै कारबाहीका क्रममा ७ जना विद्रोही मारिएको जनाएको छ। सुरक्षा अधिकारीहरूले शुक्रबार उक्त जानकारी दिएका हुन्।
सुरक्षा सञ्चार प्रकोष्ठले जारी गरेको विज्ञप्तिअनुसार उत्तरी नाइनवे प्रान्तको पश्चिमी मरुभूमि क्षेत्रमा रहेका दुईवटा लुकेका अड्डामाथि इराकी लडाकु विमानमार्फत हवाई आक्रमण गरिएको थियो । ती अड्डामा चार जना विद्रोही लुकेर बसेका थिए।
सैन्य गुप्तचर निर्देशनालयले केही दिनसम्म गरेको निगरानीपछि आक्रमण गरिएको जनाइएको छ । आक्रमणका क्रममा चारै जना विद्रोही मारिनुका साथै उनीहरूले प्रयोग गर्दै आएका दुवै अड्डा पूर्णरूपमा ध्वस्त पारिएको छ । अड्डामा रहेका रसद सामग्री, उपकरण तथा हातहतियारसमेत नष्ट गरिएको सुरक्षा निकायले जनाएको छ।
यसैबिच,पश्चिमी अनबार प्रान्तमा पनि अर्को कारबाही गरिएको छ। इराकी राष्ट्रिय सुरक्षा सेवाका अनुसार सुरक्षाबलले एक विद्रोही अड्डालाई घेराबन्दीमा पारेका थिए। सो अड्डामा अनबार क्षेत्रको तथाकथित सुरक्षा प्रमुखसहित उनका दुई सहयोगी लुकेर बसेका थिए ।
घेराबन्दीका क्रममा ती विद्रोहीहरूले आफूलाई विस्फोट गराएर आत्मघाती हमला गरेका थिए, जसका कारण उनीहरू मारिएका छन् । इराकले सन् दुई हजार सत्रमा विद्रोही संगठनमाथि विजय घोषणा गरे पनि त्यस समूहका बाँकी तत्वहरूले अझै पनि विभिन्न शहर, मरुभूमि र दुर्गम क्षेत्रमा सुरक्षाबल तथा सर्वसाधारणमाथि आक्रमण गर्दै आएको सुरक्षा निकायले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण