एपिस्टनसँगको सम्बन्धबारे फ्रान्समा पूर्व मन्त्रीमाथि छानबिन
सारांश
- फ्रान्सका पूर्व संस्कृतिमन्त्री ज्याक लाङमाथि कर छली र रकम शुद्धीकरणको आरोपमा अनुसन्धान सुरु भएको छ।
- अनुसन्धान घोषणा भएपछि लाङले फ्रान्स-अरब सम्बन्ध प्रवर्द्धन गर्ने संस्थाको प्रमुख पदबाट राजीनामा दिएका छन्।
- एप्स्टिनसँगको सम्बन्ध र आर्थिक लेनदेनबारे छानबिन भइरहेको छ, जसमा लाङ र उनकी छोरीको नाम जोडिएको छ।
पेरिस । फ्रान्सका वित्तीय अपराध अभियोजकहरूले पूर्व संस्कृतिमन्त्री ज्याक लाङमाथि कर छलीबाट प्राप्त रकम शुद्धीकरण गरेको आशङ्कामा प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् । अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धबारे खुलासा भएपछि यो छानबिन सुरु भएको हो । ८६ वर्षीय लाङले आधारहीन भन्दै आरोप अस्वीकार गरेका छन् । अनुसन्धानले आफ्नो इमानदारी स्पष्ट गर्ने उनको भनाइ छ ।
अनुसन्धान घोषणा भएको केही घण्टापछि लाङले फ्रान्स–अरब सम्बन्ध प्रवर्द्धन गर्ने संस्था ‘अरब विश्व संस्थान’को प्रमुख पदबाट राजीनामा दिने घोषणा गरेका छन् । विदेशमन्त्री जाँ–नोएल बारोले उक्त प्रस्ताव स्वीकार गर्दै उत्तराधिकारी खोज प्रक्रिया सुरु गर्ने बताएका छन् ।
एपिस्टन फाइलमा लाङको नाम करिब ७०० पटक उल्लेख भएको छ । उनका छोरी क्यारोलिन लाङ पनि अनुसन्धानको दायरामा छिन । उनले फ्रान्सेली फिल्म निर्माता संघको नेतृत्वबाट राजीनामा दिइसकेकी छिन् ।
आफूले करिब १५ वर्षअघि एपिस्टनलाई भेट्दा उनका अपराधबारे आफूलाई केही थाहा नभएको लाङले बताएका छन् । एपिस्टनलाई आफूले कला र संस्कृतिमा रुचि राख्ने व्यक्ति ठानेको दाबी उनले गरेका छन् । फ्रान्सेली सञ्चारमाध्यमले भने एपिस्टनको कार र निजी विमान प्रयोग गरेकोलगायत विवरण सार्वजनिक गरेका छन् ।
फाइलहरूले लाङ वा उनकी छोरीलाई एपिस्टनका यौन अपराधमा जोडेको छैन । तर दुई पक्षबिच आर्थिक सम्बन्धमाथि प्रश्न उठेको छ । एप्स्टिनले २०१९ मा न्यूयोर्कको जेलमा आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण