फेक रेस्क्यु प्रकरणमा श्रृद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक पक्राउ
काठमाडौँ । नेपालको पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा हुने फेक रेस्क्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लाजिम्पाटस्थित श्रृद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक ४४ वर्षीय डा. गिर्वाणराज तिमिल्सिना रहेका छन्।
पर्वत जिल्लाको मोदी गाउँपालिका-२ स्थायी घर भएका डा. तिमिल्सिनालाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा आइतबार गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार डा. तिमिल्सिनाको हस्पिटल र विभिन्न रेस्क्यू फ्लाइट कम्पनीहरू माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स र नेपाल चार्टर सर्भिसको मिलेमतोमा यो ठगी धन्दा चलिरहेको थियो ।
उनीहरूले पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका अभिलेखहरू सच्याई प्यासेन्जर एण्ड कार्गो म्यानिफेस्टको व्यहोरा नै किर्ते गर्ने गरेका थिए ।
उद्धार गरिएका भनिएका विदेशी पर्यटकहरूलाई बीमा पोलिसीको शर्त बमोजिम अनिवार्य अस्पताल भर्ना गरेको देखाई नक्कली बिल, भर्ना तथा डिस्चार्ज रिपोर्ट र मेडिकल रिपोर्टहरू तयार पार्ने गरेका थिए।
यसरी तयार पारिएका नक्कली कागजातका आधारमा बीमा रकम दाबी गरी हस्पिटल र कम्पनीले अवैध आर्थिक लाभ लिने गरेका थिए।
यस्ता गतिविधिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा नेपालबारे नकारात्मक समाचार सम्प्रेषण भई नेपालको पर्यटन क्षेत्र र राष्ट्रिय स्वाभिमानमा गम्भीर आँच आएको प्रहरीको ठहर छ । सोही कारण उनीहरु विरुद्ध राष्ट्रहित विरुद्धको कसूरमा पक्राउ गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण