शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : देउवाबारे चासो बढ्दै, एमालेको कार्यालयमा पुगे बालेन

आइतबार, २५ माघ २०८२, २२ : ००
आइतबार, २५ माघ २०८२

आज २०८२ माघ २५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा देउवाबारे चासो बढ्दै, एमालेको कार्यालयमा पुगे बालेन, चार रनबाट चुक्यो नेपाल, बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ, दुई दिन हिरासतमा बसेर छुटे दुर्गा प्रसाईं, राष्ट्रिय झन्डा ओढाएर सुनिल थापालाई अन्तिम बिदाइ, इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश लगायत छन् ।

१. देउवाबारे चासो बढ्दै
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा देखिन छाडेका छन् । चुनावको सरगर्मी बढिरहेका समयमा उनी अहिलेसम्म चुनाव प्रचारमा समेत जाने–नजाने तय भइसकेको छैन । यता कांग्रेसले भने चुनाव केन्द्रित विभिन्न निर्णय गरेको छ ।

२. एमालेको कार्यालयमा पुगे बालेन
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन शाह आइतबार झापाको दमक–३ स्थित एमाले कार्यालयमा पुगेका छन् । चुनाव कार्यक्रम अन्तर्गत घरदैलोमा पुग्ने क्रममा उनी एमालेको कार्यालयमा पुगेर स्थानीय नेता–कार्यकर्तासँग हात मिलाएर फर्किएका थिए ।

३. चार रनबाट चुक्यो नेपाल
टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ४ रनले जितको स्वाद चाख्नबाट चुकेको छ । इङ्गल्याण्डसँग नेपाल ४ रनले पराजित भएको हो ।

४. बालेनको डेरामा चोरी गर्ने तीन जना पक्राउ
काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहको डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

५. दुई दिन हिरासतमा बसेर छुटे दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार पक्राउ परेका उनी दुई दिन हिरासतमा बसेका थिए । आइतबार अदालतको आदेश अनुसार उनी हाजिर जमानीमा रिहा भएका हुन् ।

६. राष्ट्रिय झन्डा ओढाएर सुनिल थापालाई अन्तिम बिदाइ
दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको हो । 

७. इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश 
सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

८. प्रहरी हेडक्वार्टरले सातै प्रदेशमा खटायो एआईजी
निर्वाचन सुरक्षाबारे अनुगमन गर्न प्रहरी हेडक्वार्टरले सात वटै प्रदेशमा एआईजीहरूलाई खटाएको छ । 

९. रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
उम्मेदवारी खारेज गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका रेशम चौधरीलाई झट्का लागेको छ । उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

१०. निर्वाचन क्षेत्रका चर्चा
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत विभिन्न निर्वाचन क्षेत्र केन्द्रित रहेर रातोपाटीले अघिल्लो निर्वाचनको मत परिणाम, अहिले चर्चामा रहेका उम्मेदवार र उनीहरूको गतिविधिमा आधारित रहेर समाचार प्रकाशन गर्दै आएको छ । सोही क्रममा आइतबार पनि विभिन्न निर्वाचन क्षेत्र सम्बन्धित सामग्री प्रकाशन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप