शेरबहादुर देउवा चुनावी प्रचारप्रसारमा जान लागेका हुन् ?
काठमाडौँ । प्रतिनिधि सभा नजिकिँदै गर्दा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पार्टीका उम्मेदवारहरूलाई हौसला बढाउन कुनै पनि कार्यक्रममा उपस्थित भएका छैनन्।
उनी फागुन २१ गते हुने चुनाव अगाडि प्रचारप्रसारका कार्यक्रममा जाने/नजाने कुनै निर्णय गरेका छैनन् । देउवाका स्वकीय सचिव भानु देउवाले चुनावी प्रचारप्रसारका कार्यक्रममा जाने/नजाने कुनै निर्णय नभएको जानकारी दिए ।
स्वकीय सचिव देउवाले रातोपाटीसँग भने, 'अहिलेसम्म प्रचारप्रसारका कार्यक्रममा जाने नजाने कुनै निर्णय गर्नुभएको छैन ।’
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति आएको थियो। त्यो कार्यसमितिलाई देउवा उनको समूह र अर्का नेता डाक्टर शेखर कोइराला नेतृत्वको समूहले स्वीकारेको छैन ।
विशेष महाधिवेशन विरुद्ध दुवै समूहका नेताहरू निर्वाचन आयोगमा पुगेका थिए। निर्वाचन आयोगले उनीहरूको निवेदनलाई नहेरे थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिएको थियो। आयोगको त्यो निर्णय विरुद्ध देउवा र डाक्टर कोइराला समूह सर्वोच्च अदालत गएको छ।
सर्वोच्चमा आफूहरूले दायर गरेको रिटको छिनोफानो नहुँदासम्म देउवाले प्रचारप्रसारका कार्यक्रममा जाने नजाने विषयमा कुनै निर्णय नगर्ने सहयोगी भानुले जानकारी दिए ।उनले भने,'हामी पार्टीको आन्तरिक विषयमा सर्वोच्च अदालतमा गएका छौँ, अदालतले फैसला दिएपछि मात्रै चुनाव प्रचारप्रसारमा जाने नजाने निर्णय हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण