इंग्ल्यान्डविरुद्धको खेल हेर्न वाङ्खेडे पुगे नेपाली समर्थक (तस्बिरहरू)
मुम्बई । टी–२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग भिड्दै छ । नेपाली समयअनुसार सवा तीन बजे मुम्बईको वाङ्खेडे स्टेडियममा सुरु हुने यस ऐतिहासिक खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।
इंग्ल्यान्डले पनि नेपालसँग खेलेर यस प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दै छ । नेपालले इंग्ल्यान्डविरुद्ध हालसम्म कुनै पनि फर्म्याटमा क्रिकेटको कुनै पनि प्रतियोगिता खेलेको छैन, जसले गर्दा आजको यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण हुनेछ । यो ऐतिहासिक क्षणको साक्षी बन्न मुम्बईको वाङ्खेडे स्टेडियममा नेपाली क्रिकेटप्रेमीहरूको बाक्लो उपस्थिति देखिएको छ । नेपालबाट गएका र भारतमै रहेका नेपालीहरूले स्टेडियम भरिभराउ पार्दै नेपाली झन्डा ओढेर टोलीको हौसला बढाइरहेका छन् ।
योसहित नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दै छ । यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक यो ढाँचाको विश्वकप खेलेको थियो भने त्यसपछि सन् २०२४ मा दोस्रो पटक सहभागिता जनाएको थियो ।
यस प्रतियोगितामा नेपालले इंग्ल्यान्डबाहेक इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्नेछ ।
यसअघि बंगलादेशसँग नेपालको खेल तय भए पनि उसले प्रतियोगिता बहिष्कार गरेपछि स्कटल्यान्डले स्थान पाएको हो । नेपालका सबै खेल मुम्बईको यसै वाङ्खेडे स्टेडियममा हुनेछन् ।
_ynnoBzvHMC.jpg)
_z2nwiwqlBt.jpg)
_0ZMmYJoSgN.jpg)
_Hg2D1OuMfc.jpg)
_xisemQ9htg.jpg)
_1XMmtjF46v.jpg)
_9UKcB6TE0T.jpg)
_VB6PFHSoMe.jpg)
_DKvaHUe15D.jpg)
_yURCuL3Vxk.jpg)
_FjV9He51o5.jpg)
_OYu03AvkLW.jpg)
_hm2B1CDmix.jpg)
_KEHfxs01Z2.jpg)
_ifjfuMqRT0.jpg)
_5cJv8OiKzV.jpg)
_8iNkrfFL29.jpg)
_AC3trSmSoN.jpg)
_68PBZQZUp6.jpg)
_9N1rBgZ35t.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण