बालेन शाह एमाले कार्यालय पुगेपछि...
विराटनगर । रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमका क्रममा एमालेको झापा दमक ३ मा रहेको पार्टी कार्यालय पुगेका छन् । उनले त्यहाँ रहेका एमाले नेता, कार्यकर्तासँग हात मिलाउँदै भोट मागेर फर्किएका छन् ।
बालेन शाह एमाले कार्यालय पुगेपछि समर्थकले हुटिङ गरेका थिए । आजै दमक पुगेका बालेनले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न स्थानको टोल तथा चोकबजारमा छलफल गरिरहेका छन् । उनले आज दमक नगरपालिका वडा नं. ७, १, २ र ३ समेट्ने गरी नागरिक भेटघाटका कार्यक्रम राखेका हुन् ।
जसअनुसार पशुहाट (लेखनाथ चोक वडा ७), सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर, हिमालय माध्यामिक विद्यालय अगाडी (पाङ्गिनी चोक सम्पर्क कार्यालय), शिवालय मन्दिर दर्शन, आम चोक, बेलडाँगी २ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) र डिपु चोकमा भेटघाटका कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण