पूर्णबहादुरले दिएको रिटमा कांग्रेस केन्द्रीय कार्यालयले बुझ्याे म्याद
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको रिटमा कांग्रेस केन्द्रीय कार्यालयले सर्वोच्च अदालतको म्याद बुझेको छ ।
गत पुसमा सम्पन्न कांग्रेसकाे विशेष महाधिवेशन निर्वाचन समिति संयोजक रहेका वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार म्याद बुझेका हुन् ।
विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिने निर्णय गरेपछि वैधानिकताको प्रश्न उठाउँदै देउवा र खड्का रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।
सो रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोग, विपक्षी बनाइएका सभापति गगनकुमार थापालाई छलफलमा बोलाउन आदेश भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण