शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वरिष्ठ अभिनेता थापाको अन्तिम बिदाइमा भावुक बने कलाकार, तस्बिरहरू

आइतबार, २५ माघ २०८२, १३ : १५
आइतबार, २५ माघ २०८२

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका दिग्गज एवं लोकप्रिय अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको हृदयाघातका कारण मृत्यु भएको हो। 

sunil thapa last rite (2)

बिहान बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका थापालाई साढे ७ बजे ईसीजी रिपोर्टपछि चिकित्सकले मृत घोषित गरेका थिए। लामो समयदेखि शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

sunil thapa last rite (3)

नेपाली सिनेमामा 'राते काइँला' को नामले अमिट छाप छोडेका थापाले चार दशकभन्दा लामो फिल्मी यात्रामा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनले नेपाली मात्र नभई भारतीय (बलिउड) र भोजपुरी चलचित्रमा समेत आफ्नो सशक्त अभिनयको जादु छरेका थिए। विशेषगरी बलिउड अभिनेत्री प्रियंका चोपडाको चलचित्र 'मैरी कोम' मा प्रशिक्षकको भूमिका र चर्चित वेब सिरिज ‘द फेमिली म्यान’ मा उनको अभिनयलाई विश्वभरका दर्शकले रुचाएका थिए। 

sunil thapa last rite (4)

नेपाली पर्दामा खलनायकको चरित्रलाई नयाँ उचाइ र पहिचान दिलाउन थापाको योगदान अविस्मरणीय मानिन्छ।

sunil thapa last rite (5)

स्वर्गीय थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा राखिएको छ। बोर्डमा चलचित्रकर्मी, कलाकार, राजनीतिज्ञ र उनका शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ। विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बोर्ड पुगेर उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनको निधनसँगै नेपाली चलचित्रको एउटा स्वर्णिम अध्यायको अन्त्य भएको महसुस गरिएको छ।

sunil thapa last rite (6)sunil thapa last rite (7)sunil thapa last rite (8)sunil thapa last rite (9)sunil thapa last rite (10)sunil thapa last rite (11)sunil thapa last rite (12)sunil thapa last rite (13)sunil thapa last rite (14)sunil thapa last rite (15)sunil thapa last rite (16)sunil thapa last rite (17)sunil thapa last rite (18)sunil thapa last rite (19)sunil thapa last rite (36)sunil thapa last rite (37)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप