कांग्रेसको नीतिः निर्वाचन प्रचार प्रसार गर्दा अन्य दलका उम्मेदवारलाई गाली गर्न नपाइने
सारांश
- नेपाली कांग्रेसले आगामी निर्वाचनमा अन्य दलका उम्मेदवारलाई गाली नगर्ने नीति लिएको छ।
- कांग्रेसले निर्वाचन परिचालन निर्देशिका-०८२ मार्फत स्वस्थ टिप्पणी र विषयगत तर्कका साथ आलोचना गर्ने जनाएको छ।
- कांग्रेसले चुनावी मैदानलाई स्वस्थ बनाउन र अन्य दललाई घच्घच्याउन भूमिका निर्वाह गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारका क्रममा अन्य दलका उम्मेदवारलाई गाली नगर्ने नीति बनाएको छ ।
आइतबार बिहान कार्यसम्पादन समितिको भर्चुअल बैठकबाट पारित ‘निर्वाचन परिचालन निर्देशिका–०८२’मा प्रचार प्रसारका क्रममा गाली नगर्ने उल्लेख गरेको हो । ‘नेपाली काँग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ,’ निर्देशिकामा लेखिएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बनाइएको निर्देशिकामा ‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो,’ भन्ने वाक्यांश उल्लेख छ ।
चुनावी मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार कांग्रेसका लागि दुश्मन नभएकाले चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकून् भनेर व्यवहारबाट सन्देश प्रवाहित गर्नुपर्छ भनेर यस्तो नीति बनाएको कांग्रेसले जनाएको छ ।
‘निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तव्य मूलतः दलहरूकै हो, यसमा अन्य सबै दललाई घच्घच्याउने भूमिकासमेत कांग्रेसले निर्वाह गर्नुछ र गर्नेछ,’ निर्देशिकामा लेखिएको छ, ‘घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन् । सामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णत संयमित र परिपक्व रहनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण