इटालीका कप्तान वेन म्याड्सेन घाइते, टी–२० विश्वकपको पहिलो खेलमै मैदान बाहिर
सोमबार, २६ माघ २०८२, १२ : ५८
सारांश
- इटालीका कप्तान वेन म्याड्सेन स्कटल्यान्डविरुद्धको खेलमा काँधको चोटका कारण घाइते भए।
- म्याड्सेन फिल्डिङ गर्ने क्रममा घाइते भएपछि उपचारका लागि मैदानबाट बाहिरिए।
- म्याड्सेनको अनुपस्थितिमा ह्यारी मानेन्टीले इटालीको कप्तानी सम्हाले, र इटालीले नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । इटालीका कप्तान वेन म्याड्सेन स्कटल्यान्डविरुद्धको टी–२० विश्वकपको पहिलो खेलमै काँध खुस्किएर घाइते भएका छन् । कोलकाताको इडन गार्डेन्समा फिल्डिङ गर्ने क्रममा उनी चोटग्रस्त बनेका हुन् ।
४२ वर्षीय म्याड्सेन तत्काल उपचारका लागि मैदानबाट बाहिरिएका छन् । उनको एक्स–रे गरिएको छ । चोटको गम्भीरताअनुसार निको हुन केही हप्ता लाग्न सक्ने अनुमान गरिएको छ ।
म्याड्सेनको अनुपस्थितिमा बाँकी इनिङ्समा ह्यारी मानेन्टीले इटालीको कप्तानी सम्हालेका छन् । इटालीले फेब्रुअरी १२ मा मुम्बईमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण