सव-इन्जिनियर पौड्यालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश
सारांश
- भक्तपुरमा कार्यरत सब-इन्जिनियर कुमार पौड्यालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश जारी भएको छ।
- पौड्यालले साढे तीन करोडभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
- अख्तियारका अनुसार, पौड्यालले २०५१ देखि २०८० सम्ममा ६ करोड २२ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका थिए।
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर कुमार पौड्यालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश जारी भएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार साक्षी प्रमाण बुझ्ने आदेश दिएको हो।
पौड्यालविरुद्ध साढे तीन करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ। पदीय मर्यादाविपरीत कार्य गरी तीन करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार पौड्यालले २०५१ वैशाख ९ गतेदेखि २०८० असार ३१ गतेसम्मको अवधिमा उक्त रकम बराबरको भ्रष्टाचार गरेका हुन्। यस अवधिमा उनको वैध आय दुई करोड ५८ लाख ९७ हजार रुपैयाँ मात्र रहेकोमा घर निर्माण खर्च, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एन्ड रेस्टुरेन्ट प्रालिमा लगानी, सवारी साधन खरिद, सेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, बिमा प्रिमियम भुक्तानी र बैङ्क मौज्दातसमेत गरी कुल छ करोड २२ लाख १८ हजार रुपैयाँ बराबरको सम्पत्ति भेटिएको उल्लेख छ।
तीन करोड ६३ लाख रुपैयाँ ऋणात्मक देखिएकाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियारले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण