मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एआईको कारण अनुसन्धान थप जटिल बन्दै गयो : आईजीपी कार्की

सोमबार, २६ माघ २०८२, १७ : ३१
सोमबार, २६ माघ २०८२

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले एआईका कारण अनुसन्धान थप जटिल बन्दै गएकाे बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा साेमबार आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रियामा आईजीपी कार्कीले टेक्निकल इन्टेलिजेन्स विकास गर्न प्रहरीमा ‘एडभान्स एनालाइसिस सेल’ बनाउनुपर्ने बताए । उनले भने, ‘एडभान्स एनालाइसिस सेल बनाएर काम गर्नुपर्छ भन्नेमा हामी पुगेका छौँ ।’

आइतबारबाट सुरु भएकाे प्रहरीको रणनीतिक सम्मेलन पनि सोमबार समापन भएको छ । रणनीतिक सम्मेलनको समापन गर्दै आईजीपी कार्कीले पुरानो कानुन भए पनि प्रविधिको सीमित प्रयोगले प्रहरीले आधुनिक प्रविधि प्रयोग गरेर हुने अपराधका घटना सम्बोधन गर्न सफल हुँदै गएको बताए।

ओखलढुंगामा लगातार हत्याका घटना पुरानै तरिकाबाट भएको उल्लेख गर्दै उनले सो घटनामा अपराधीले अवसर पाएको बताए । उनले भने, ‘युवाहरू बिदेसिएकाले अपराधीले गाउँमा हत्या गरेर लुटपाट गर्ने अवसर पाएका हुन् ।’

प्रहरीको कामकारबाही नागरिकले चाहेजस्तो बनाउन रणनीतिक सम्मेलनबाट आएको सुझावलाई कार्यान्वयनमा लगिने आईजीपी कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप