युनाइटेड बराबरीमा रोकिँदा फ्यानको ५०० दिनपछि कपाल काट्ने सपना अधुरो
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडको लगातार पाँचौँ जितको सपना अधुरो रहँदा एक समर्पित फ्यानले ५०० दिनपछि कपाल काट्ने सुनौलो अवसर गुमाएका छन्।
२९ वर्षीय फ्रान्क इलेटले अक्टोबर २०२४ मा क्लबले लगातार पाँच खेल नजितेसम्म कपाल नकाट्ने अनौठो कसम खाएका थिए। तर, युनाइटेडको खस्कँदो प्रदर्शनका कारण उनको यो प्रतीक्षा सोचेभन्दा निकै लामो हुन पुगेको छ, जसले गर्दा अहिले उनको कपाल निकै भद्दा गरी बढेको छ।
इलेटले 'द युनाइटेड स्ट्रान्ड' मार्फत दैनिक दिने भिडियो अपडेटहरूलाई लाखौँले हेर्ने गरेका छन्। उनले आफ्नो लामो कपाल क्यान्सर पीडित बालबालिकाहरूका लागि विग बनाउन 'द प्रिन्सेस ट्रस्ट' नामक संस्थालाई दान गर्ने योजना बनाएका थिए। इलेटले यो चुनौती सुरु गर्दा टोलीको कमान्ड एरिक टेन ह्यागको हातमा थियो। उनको बहिर्गमनपछि आएका रुबेन अमोरिमले पनि टोलीलाई लगातार तीन खेलभन्दा बढी जिताउन सकेनन्।
हालै माइकल क्यारिकले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि युनाइटेडले म्यानचेस्टर सिटी, आर्सनल, फुलहम र टोटनह्याम जस्ता बलिया टोलीहरूलाई हराउँदै लगातार चार जित दर्ता गरेको थियो। मंगलबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेल जितेको भए इलेटले ५०० दिनपछि आफ्नो कपाल काट्न पाउने थिए।
तर, लण्डन स्टेडियममा भएको उक्त प्रतिस्पर्धात्मक खेल १-१ को बराबरीमा टुङ्गिएपछि इलेटको सपनामा पानी फेरिएको छ। खेलको अन्तिम समयमा बेन्जामिन सेस्कोले गोल गर्दै युनाइटेडलाई हारबाट त बचाए, तर जित दिलाउन सकेनन्।
युनाइटेडका पूर्व मिडफिल्डर तथा वर्तमान प्रशिक्षक क्यारिकले आफ्ना छोराछोरीमार्फत इलेटको यो रोचक चुनौतीबारे जानकारी पाएको बताएका छन्। उनले यो कुराले आफूलाई उत्साहित बनाए पनि खेलको व्यावसायिक रणनीतिमा भने यसको कुनै भूमिका नहुने प्रष्ट पारे।
लाखौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरू इलेटले कपाल काटेको हेर्न आतुर भए पनि अब त्यसका लागि उनले युनाइटेडको अर्को विजयी यात्राको प्रतीक्षा गर्नुपर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण