बजारमा ग्यास नपाएको गुनासोपछि निगमले टेकु परिसरबाट थाल्यो बिक्री, कुन–कुन ग्यास पाइन्छ ?
सारांश
- नेपाल आयल निगमले ग्यास अभाव भएपछि टेकुस्थित कार्यालयबाटै बिक्री वितरण सुरु गरेको छ।
- उपभोक्ताको गुनासोपछि निगमले नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्तालाई ग्यास उपलब्ध गराउनेछ।
- प्रवक्ताका अनुसार बजारमा ग्यासको अभाव भए पनि आयात र आपूर्तिमा कुनै समस्या छैन।
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै बिक्री वितरणको व्यवस्था मिलाएको छ ।डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् ।
प्रवक्ता ठाकुरका अनुसार नेपाल ग्यासको वितरण सुरु भइसकेको छ भने एभरेस्ट र सुगम ग्यासको काउन्टर पनि तत्काल सञ्चालनमा आउँदैछ । उनले भने, ‘जसलाई ग्यास अत्यावश्यक छ र आफ्नो डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आई सहज रूपमा ग्यास लिन सक्नुहुन्छ ।’
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्ला चलिरहँदा प्रवक्ता ठाकुरले भने आयात र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरे। भन्सारको तथ्याङ्क अनुसार माग बमोजिम नै ग्यास आयात भइरहेको उनको भनाइ छ ।
ठाकुरले भने, ‘हाम्रो मासिक खपत ३० लाख सिलिन्डर हो । ३० लाख उद्योगमा, ३० लाख ट्रान्जिटमा र ३० लाख उपभोक्ताको घरमा हुन्छ । तर, अहिले बजारमा रहेका रित्ता सिलिन्डरहरू उपभोक्ताले एकैपटक भर्न खोज्दा केही चाप परेको हो । नियमित माग अनुसारको आपूर्ति भइरहेको छ, तर ’एक्स्ट्रा’ मौज्दात भने छैन ।’
एउटा मात्र सिलिन्डर हुने सर्वसाधारण बढी मर्कामा परेको र ग्यास नपाएर रुनुपर्ने अवस्था आएको गुनासोलाई सम्बोधन गर्न निगमले यो आकस्मिक बिक्री कक्ष (काउन्टर) को व्यवस्था गरेको हो।
ग्यास नपाएका सर्वसाधारणले खाली सिलिन्डरसहित नेपाल आयल निगमको टेकुस्थित कार्यालय परिसरमा सम्पर्क गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण