एलिस र जाम्पासामु निरीह बन्यो आयरल्याण्ड
कोलम्बो । टी–२० विश्वकप अन्तर्गत समूह बी को खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको छ । बुधबार कोलोम्बोमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६.५ ओभरमा १ सय १५ रनमा अलआउट भएको हो ।
आयरल्याण्डलाई सस्तोमा समेट्न नाथन एलिस र एडम जाम्पाले घातक बलिङ गरे । एलिसले ३.५ ओभरमा १ मेडनसहित मात्र १२ रन खर्चेर ४ विकेट लिए । जाम्पाले पनि ४ ओभरमा २३ रन खर्चेर ४ विकेट हात पारे ।
आयरल्याण्डका लागि जर्ज डकरेलले २९ बलमा ४१ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का प्रहार गरे । विकेटकिपर लोकरान टकरले २७ बलमा २४ रन जोडे ।
रोस एडर र मारक एडरले १२-१२ रन बनाए भने गारेथ डेलानीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान पल स्टर्लिङ भने १ रनमा रिटायर्ड हर्ट भएका थिए । पहिलो खेलमा नै जित हासिल गर्दै अस्ट्रेलिया नेट रन रेटको आधारमा समूहको शीर्ष स्थानमा उक्लिएको छ । यता आयरल्याण्ड भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए ।
त्यस्तै जोश इंग्लिस र म्याट रेनशाले समान ३७–३७ रनको योगदान दिए । बलिङतर्फ आयरल्यान्डका मार्क अडायरले २ विकेट लिए । म्याथ्यु हम्फ्रीज, जर्ज डकरेल र ह्यारी टेक्टरले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण