बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पीएम कप काठमाडौँ छनोट : सिइसी च्याम्पियन

बुधबार, २८ माघ २०८२, २० : ४२
बुधबार, २८ माघ २०८२

काठमाडौँ । क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले महाविर एथलेटिक्स सेन्टरलाई १ सय ३८ रनले पराजित गर्दै प्रधानमन्त्री कप काठमाडौँ जिल्ला छनोट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा सिइसीले एकतर्फी जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सिइसीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २९ रन बनायो। सिइसीका विरेन्द्र धनदीले ८९ बलमा ६६ रनको अर्धशतक प्रहार गरे । बुद्धिमान विष्टले ५९ बलमा ४४ रनको योगदान दिए। महाविरका सोनु देवकोटाले ४ विकेट लिए भने रिजन थापाले २ विकेट झारे ।

२ सय ३० रनको लक्ष्य पछ्याएको महाविर २१.३ ओभरमा ९१ रनमै अलआउट भयो। महाविरका प्रतिश जिशीले ४० बलमा ४७ रन बनाए भने उत्तम थापा मगरले ८ बलमा ११ रन जोडे। सिइसीका दयानन्द मण्डलले ४ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए। मोनसान सिंहले ३ विकेट हात पारे ।

सिइसीका कप्तान रित गौतम प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले प्रतियोगिताभर ३ शतकसहित ४ सय ७ रन बनाए। महाविरका सन्दीप पराजुली १४ विकेटसहित उत्कृष्ट बलर बने। सिइसीका धिरज देउवा उदयीमान खेलाडी घोषित भए ।

माघ १९ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो। यही प्रतियोगिताको प्रदर्शनका आधारमा प्रधानमन्त्री कप बागमती प्रदेश छनोटका लागि खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप