भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्छ: प्रदेश प्रमुख जोशी
सारांश
- प्रदेश प्रमुखले भ्रष्टाचार नियन्त्रणमा अख्तियारप्राप्त निकायको भूमिका बढाउनुपर्ने बताए।
- भ्रष्टाचार नियन्त्रणमा राजनीतिकर्मी, कर्मचारी र नागरिक सबैको भूमिका महत्त्वपूर्ण हुने कुरा सचिवले बताए।
- आयोगका प्रमुखले बजेट विनियोजनमा ध्यान दिनुपर्ने र सुशासन कायम गर्नुपर्ने बताए।
कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालमा भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्ने बताएका छन् ।
‘सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार’ भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित आयोगको ३५औँ स्थापना दिवस समारोहमा उनले त्यस्तो बताएका हुन् ।
प्रदेश प्रमुख जोशीले भ्रष्टाचार निवारण गर्ने उद्देश्यले स्थापित आयोगले फड्को मार्न नसकेको टिप्पणी गर्दै सूचाङ्कले देश अगाडिभन्दा पछाडि नै जानुले मुलुकको अवस्था चिन्ताजनक रहेको देखाएको बताए ।
उनले भने, “नजिकैको छिमेकी देश भुटान ७१ प्रतिशत भ्रष्टाचार निवारण गर्न सफल भएको देखिन्छ तर नेपालको अवस्था निराशाजनक छ । नियन्त्रण गर्ने निकायको पनि प्रभावकारी काम हुन नसकेको गुनासो छ । यसमा जनप्रतिनिधि र कर्मचारीहरूले भ्रष्टाचार नियन्त्रणमा प्रमुख भूमिका खेल्नुपर्ने आवश्यकता छ ।”
कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मुलुकको सुशासन र भ्रष्टाचार निवारणमा आयोग एक्लैको भूमिका पर्याप्त नरहेको भन्दै यसका लागि राजनीतिकर्मी, कर्मचारीका साथै नागरिकको दायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । उनले प्रदेश सचिवलगायत कर्णालीमा कार्यरत समग्र कर्मचारीलाई प्रगतिसहितको खर्चमा सुधार ल्याउने गरी काम गर्न निर्देशन दिए ।
आयोगका सुर्खेत कार्यालय प्रमुख श्रीराम ठाकुरले पर्याप्त अध्ययन नगरी बजेट विनियोजन गर्ने प्रवृत्तिले पनि बेथिति मौलाएको बताए । उनले भने, “आगामी दिनमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नुमा मुख्य भूमिका सम्बद्ध निकायबाट हुनुपर्छ र आयोगको काम अन्तिममा हुनुपर्छ भन्ने हाम्रो धारणा छ, यस विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने देखिन्छ ।”
दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेबापत आयोग सुर्खेत कार्यालयका अनुसन्धान अधिकृत धर्मराज बुढा र जनकलाल चौधरीलाई ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ प्रदान गरिएको छ । यसै गरी, ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल सुर्खेत वीरेन्द्रनगरस्थित क्रमशः श्री जनसेवा मावि घुस्रामा अध्ययनरत छात्रा रेश्मीकुमारी खड्का, नेपाल राष्ट्रिय मावि गाग्रेतालका छात्रा रेखा कठायत र श्री त्रिपुरेश्वर मावि ढोडेखालीका छात्र कुशल उपाध्याय पनि पुरस्कृत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण