चक्कु प्रहारबाट १६ वर्षे किशोरको हत्या
सुर्खेत । दैलैखको दुल्लुमा चक्कु प्रहारबाट एक किशोरको मृत्यु भएको छ ।
दैलेख प्रहरीका अनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका–४ शान्तिबजारका १६ वर्षीय प्रकाश खनाल रहेका छन् ।
उनी दुल्लुको विजया माविका कक्षा १० मा अध्ययनरत थिए । बिहीबार फुटबल खेलेर घर फर्कने क्रममा उनीमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेश बरालले बताए ।
चक्कु प्रहार गर्ने व्यक्ति दुल्लु–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षको विभूषण शाही रहेका छन् ।
उनीहरूले खनालको दाइने कोखाबाट चक्कु प्रहारी गरी बीभत्स तरिकाले हत्या गरेको प्रहरीको भनाइ छ ।
प्रारम्भिक अनुसन्धानबाट एकै किशोरीलाई दुई जनाले मन पराएको र त्यही विषयको विवादलाई लिएर घटना घटेको प्रहरीको भनाइ छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको छ । चक्कु प्रहार गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण