बङ्गलादेश निर्वाचन : बीएनपीलाई बहुमत, रहमान बन्नेछन् प्रधानमन्त्री
सारांश
- बंगलादेशको आम निर्वाचनमा बीएनपीले बहुमत हासिल गर्यो र १६५ सिट जित्यो।
- पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित छ।
- निर्वाचनमा १२ करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गरे, जसमा जनमत संग्रह पनि थियो।
काठमाडौँ । बङ्गलादेशको आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको छ । कुल ३ सय सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट जितेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताले बिहीबार मतदान गरेका थिए। निर्वाचनसँगै देशको भविष्य र संवैधानिक सुधारका लागि ‘जुलाई राष्ट्रिय बडापत्र’ सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो ।
चुनावी प्रतिस्पर्धा र मुख्य खेलाडीहरू यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा थिए ।
लामो समय सत्तामा रहेको शेख हसिनाको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण यस पटक चुनावी मैदानमा उनीहरूको उपस्थिति रहेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण