निर्वाचनलाई निष्पक्ष र विश्वासिलो बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्णः सचिव राउत
काठमाडाैँ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी आवधिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो ढंगले सम्पन्न गर्न सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताएका छन् ।
आयोगद्वारा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गरी मतदानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। सचिव राउतले सञ्चार माध्यमलाई लोकतन्त्रको ‘कर्नर स्टोन’ र राज्यको चौथो अङ्गको रूपमा उल्लेख गर्दै निर्वाचनका बेला हुने विभिन्न बहस र डिस्कोर्सहरूलाई प्रभाव पार्ने मुख्य माध्यम नै मिडिया भएको बताए ।
उनले मिडियाले प्रवाह गर्ने निष्पक्ष र तटस्थ सूचनाले नै निर्वाचनको वास्तविक विश्वसनीयता कायम गर्ने र मतदातालाई सक्षम बनाउनेमा जोड दिए । नेपालको संवैधानिक र कानूनी व्यवस्थाअनुसार हुन लागेको यस आवधिक निर्वाचनमार्फत सङ्घीय संसदको प्रतिनिधि सभाका लागि १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक गरी कूल २ सय ७५ जनप्रतिनिधिहरू छनौट हुन लागेको जानकारी उनले दिए ।
उनले यस प्रक्रियालाई देशको भावी भाग्य, विकास र समृद्धिको निर्माण गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा चित्रण गरे । निर्वाचनले शासन प्रणालीलाई वैधता प्रदान गर्ने उल्लेख गर्दै सचिव राउतले वर्तमान विशिष्ट परिस्थितिमा रहेका समस्याहरू समाधान गर्न सही प्रतिनिधि छनौट गर्नु अनिवार्य रहेको बताए ।
आगामी दुई–तीन हप्ताको समय निर्वाचनको तयारीका लागि निकै महत्वपूर्ण रहेको भन्दै उनले आम मानिसलाई सुसूचित गराउन निर्वाचन आयोगले मिडियाबाट ठूलो सहयोगको अपेक्षा राखेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण