बन्द हुने अवस्थामा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय
सारांश
- बजेट अभावका कारण अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयको कामकाज ठप्प हुने अवस्था आएको छ।
- डेमोक्रेटिक पार्टीले अध्यागमन एजेन्टहरूमाथि प्रतिबन्ध लगाउन माग गर्दा सिनेटले खर्च विधेयक अगाडि बढाउन सकेन।
- डेमोक्र्याटहरूले आईसीईमाथि निगरानी र प्रतिबन्धको माग गरेका छन्, भने रिपब्लिकनले सुरक्षामा असर पर्ने बताएका छन्।
वासिङ्टन डीसी । बजेट अभावका कारण कामकाज ठप्प हुने स्थितिमा अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालय पुगेको छ । डेमोक्रेटिक पार्टीले अध्यागमनका एजेन्टहरूमाथि नयाँ प्रतिबन्ध लगाउने माग गरिरहँदा अमेरिकी सिनेटले मन्त्रालयको लागि खर्च विनियोजन गर्ने विधेयकलाई अगाडि बढाउन सकेको छैन ।
शनिबार मध्यरातको समयसीमा नजिकिँदै जाँदा अनिश्चितता बढेको छ । बिहीबार खर्च विधेयकमाथि भएको मतदान विधेयक पारित गर्नबाट थोरै मतले चुकेको थियो ।
डेमोक्रेट सांसदहरूले आप्रवासन निकाय (आईसीई)माथि कडा निगरानी र नयाँ प्रतिबन्धको माग गर्दै विधेयकको विरोध गरेका हुन् । उनीहरूले एजेन्टहरूले मास्क लगाउन नपाउने, बडी क्यामेरा अनिवार्य गर्नुपर्ने, जातीय प्रोफाइलिङ रोक्नुपर्ने तथा निजी सम्पत्तिमा प्रवेशअघि न्यायिक अनुमति आवश्यक हुने जस्ता माग अघि सारेका छन् ।
यी प्रस्तावलाई सामान्य र आवश्यक सुधार भन्दै डेमोक्र्याट नेता चक शुमरले यी सुधार बिना बजेट स्वीकृत नगर्ने बताएका छन् । रिपब्लिकन पक्षले भने यस्तो प्रतिबन्धले सुरक्षा काममा असर पर्ने तर्क गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण