‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : रामप्रसाद भण्डारी
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन मुलुकको निकासका लागि विकल्पविहीन भएकाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने कार्यमा सहयोग पुर्याउन समाजका सबै तह र तप्कालाई आह्वान गरेका छन्।
उनले मुलुकमा भड्किएको अनुशासनलाई लयमा ल्याउन तथा सुशासन प्रवाह गर्ने प्रयोजनका लागि यो निर्वाचन अतिआवश्यक रहेको बताए। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, “यो निर्वाचन भड्किएको अनुशासनलाई सीमाभित्र ल्याउन र स्वच्छ जनप्रतिनिधि चयन गरी सुशासन प्रवाह गर्ने प्रयोजनका लागि हो, हामी निष्पक्ष निर्वाचन गरेर देखाउँछौँ ।”
स्वच्छ र निष्ठावान उम्मेदवारलाई विजयी गराउनका लागि हुनलागेको निर्वाचन प्रक्रियामा सहभागी भई सार्वभौम अधिकारको प्रयोग गर्दै बदर नहुने ढङ्गबाट मतदान आग्रह गरे।
मिति घोषणापछि निर्वाचनलाई सफल बनाउन सम्पूर्ण सञ्चार जगत्ले अत्यन्तै राम्रो भूमिका खेलेको उल्लेख गर्दै प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मिति घोषणा भएको अवस्थालाई चिरेर सबैको साझा प्रयासमा अहिलेको वातावरण बनेकाले अब निर्वाचन अर्काे विकल्प भनेको निर्वाचनमात्रै भएको धारणा राखे।
एउटै शताब्दीमा पटकपटक क्रान्ति, जनआन्दोलन र विद्रोह भएको प्रसङ्ग उल्लेख गर्दै विद्रोहपछि घोषणा भएको यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सबैबाट सहयोग हुनुपर्ने बताए।
निर्वाचनका लागि सरकारबाट आयोगलाई चाहिएको विषयवस्तु सम्पूर्ण उपलब्ध गराइएको बताउँदै उनले सोही स्रोतसाधनको परिधिभित्र रही आयोगले निर्वाचनको प्रक्रिया अघि बढाइरहेको स्पष्ट पारे।
जेनजी आन्दोलनपछिको अवस्थालाई संवाद र सहमतिमा ल्याउन सञ्चार जगत्लगायत सबै निकायले खेलेको भूमिका, बनेको विश्वासको वातावरण र विद्रोहको भावना त्याग्नका लागि दिएको सुझाव मननयोग्य रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण