भीमदत्त कप क्रिकेट प्रतियोगिताको उपाधि दोधारा चाँदनीलाई
सारांश
- दोधारा चाँदनीले भीमदत्त कप टी–२० क्रिकेट प्रतियोगिता जित्यो।
- फाइनलमा भीमदत्तलाई एक विकेटले हराउँदै उपाधि उचाल्यो।
- प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरियो।
कञ्चनपुर । पाँचौँ भीमदत्त कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि दोधारा चाँदनी नगरपालिकाले जितेको छ ।
महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा भीमदत्त नगरपालिकालाई एक विकेटले पराजित गर्दै दोधारा चाँदनीले उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको भीमदत्त नगरपालिकाले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १०६ रन बनायो । भीमदत्तका लागि नितेश विष्टले २४ रन र नरेन्द्र रानाले २४ रन बनाए । बलिङतर्फ दोधारा चाँदनीका लब्बी भट्टले उत्कृष्ट बलिङ गर्दै एक्लैले ६ विकेट हात पारे । कैलाश सिंहले २ विकेट लिए ।
एक सय ७ रनको लक्ष्य दोधारा चाँदनीले १९ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । दोधाराका साजन विटालुले सर्वाधिक ३३ रन तथा कैलाशसिंह साउँदले २९ रन बनाए । बलिङतर्फ भीमदत्तका किरन चन्दले ४ विकेट र प्रकाश विष्टले २ विकेट लिए । उक्त खेलमा दोधारा चाँदनीका प्लेयर अफ दी म्याच लब्बी भट्ट घोषित भए । प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्ट भीमदत्तका मिलन बोहरा, उत्कृष्ट ब्याटर पुनर्वासका प्रेम ओड, उत्कृष्ट बलर दोधारा चाँदनीका लब्बी भट्ट र उदीयमान खेलाडी बेलौरीका धीरेन्द्र विष्ट घोषित भए ।
प्रतियोगितामा विजेता दोधारा चाँदनीले रु एक लाख ७७ हजार ७७७ हजार तथा उपविजेता भीमदत्त नगरपालिकाले रु ७७ हजार ७७७ प्राप्त गर्यो । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, आयोजक कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दलगायतले विजेतालाई पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
-
रास्वपाको पदाधिकारी मतदान जारी, ४ बजेसम्म समय थप
-
दुई दशकपछि अभिनयमा फर्किए राकेश
-
काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप
-
बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार
-
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण