उत्तरी नाइजेरियामा बन्दुकधारीको आक्रमण, कम्तीमा ३२ जनाको मृत्यु
सारांश
- नाइजर राज्यको बोर्गु क्षेत्रमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
- शनिबारको आक्रमणमा दर्जनौं व्यक्ति अपहरणमा परेका छन् र धेरै घरहरूमा आगजनी भएको छ।
- उत्तरी नाइजेरियामा आईएसआईएलसँग सम्बन्धित समूह र फिरौतीका लागि अपहरण गर्ने गिरोह सक्रिय छन्।
नाइजर । उत्तरी नाइजेरियाको नाइजर राज्यअन्तर्गत बोर्गु क्षेत्रमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले तीन गाउँमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३२ जनाको मृत्यु भएको स्थानीय बासिन्दा र प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शनिबार भएको आक्रमणमा दर्जनौँ व्यक्ति अपहरणमा परेका छन् र धेरै घरहरूमा आगजनी गरिएको बताइएको छ । नाइजर राज्यका प्रहरी प्रवक्ता वासिउ अबियोदुनका अनुसार टुंगा–मेकेरी गाउँमा आक्रमण हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । आक्रमणकारीहरूले घरहरू जलाउनुका साथै केही व्यक्तिलाई अपहरण गरेर लगेका थिए ।
त्यसपछि उनीहरू कोन्कोसो गाउँतर्फ गएका थिए, जहाँ स्थानीय बासिन्दाका अनुसार बिहानैदेखि अन्धाधुन्ध गोली चलाइएको थियो । स्थानीयवासीहरूका अनुसार कोन्कोसोमा मात्रै २६ जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणकारीहरूले प्रहरी चौकीमा आगो लगाएका थिए र सुरक्षाकर्मीको उपस्थिति कमजोर रहेको बताइएको छ ।
थप शव फेला पर्ने क्रम जारी रहेकोले मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताइएको छ । उत्तरी नाइजेरियामा आईएसआईएलसँग सम्बन्धित समूह तथा फिरौतीका लागि अपहरण गर्ने सशस्त्र गिरोह सक्रिय रहेकाले पछिल्लो समय सुरक्षा सङ्कट झन् जटिल बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण