यो चुनाव सामान्य होइन, देशको दिशा तय गर्ने निर्णय हो – नारायणकाजी श्रेष्ठ
सर्लाही । नेपाली कम्युनिस्ट पार्टीबाट सर्लाही क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा नलिन आग्रह गरेका छन् । साथै यो चुनावले देशको भविष्य र दिशालाई निर्णायक रूपमा निर्धारण गर्ने उनले बताएका छन् ।
सर्लाही–३ क्षेत्रमा आयोजित चुनावी भेटघाट तथा सम्बोधन कार्यक्रममा श्रेष्ठले मतदातालाई अपिल गर्दै भने, 'यो चुनावमा केवल भोट हालेर मात्र पुग्दैन, हाम्रो एक–एक मतले नेपालको भविष्य बनाउने वा बिगार्ने क्षमता राख्छ ।'
श्रेष्ठले पार्टीले निरंकुश शासन अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे । उनले दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, किसान–मजदुर तथा पिछडिएका क्षेत्रका समुदायको अधिकार सुनिश्चित गर्न संविधानमार्फत समावेशीकरण र समानताको आधार निर्माण गरिएको दाबी गरे ।
उनले संघीयता आएपछि केन्द्रमा मात्र सीमित सरकार अब प्रदेश, स्थानीय तह र वडा तहसम्म विस्तार भएको भन्दै जनताका सेवा–सुविधा आफ्नै ठाउँबाट पाउन सकिने व्यवस्था स्थापित भएको बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासनबारे श्रेष्ठले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करीलगायत मुद्दामा कारबाही अघि बढाइएको बताए । 'भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नै पार्टीका नेता–कार्यकर्तासमेत कारबाहीमा परे,' उनले भने ।
मिटरब्याज पीडितको समस्यालाई गम्भीर सामाजिक मुद्दा भन्दै श्रेष्ठले पीडितलाई न्याय दिलाउन आयोग गठन, कानुनी प्रक्रिया र प्रशासनिक पहल गरिएको उल्लेख गरे ।
श्रेष्ठले राजनीतिक परिवर्तनपछि अबको मुख्य कार्यभार शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, आवास, खानेपानी, बिजुली, सडक तथा सिँचाइजस्ता जनजीवनका आधारभूत समस्या समाधान गर्दै विकास र समृद्धिको दिशामा अघि बढ्नुरहेको बताए ।
अन्त्यमा उनले संविधान, गणतन्त्र, संघीयता, समावेशीकरण र सुशासनको रक्षा गर्न आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गर्दै सर्लाही–३ का मतदातालाई तारा चिह्नमा मतदान गर्न अपिल गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण