शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एआर रहमानलाई सर्वोच्च अदालतको झट्का, २ करोड जम्मा गर्न आदेश

सोमबार, ०४ फागुन २०८२, ०७ : ५३
सोमबार, ०४ फागुन २०८२

सारांश

  • भारतीय सर्वोच्च अदालतले एआर रहमानलाई संगीत चोरीको मुद्दामा दोषी ठहर गरेको छ।
  • अदालतले रहमानलाई फिल्म 'पोन्नियिन सेल्वन २' को गीतमा संगीत चोरी गरेको आरोप लगाएको हो।
  • सर्वोच्च अदालतले रहमानलाई २ करोड रुपैयाँ धरौटी जम्मा गर्न र फेब्रुअरी २० सम्म थप जवाफ दिन भनेको छ।

नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतले चर्चित सङ्गीतकार एआर रहमानलाई फिल्म 'पोन्नियिन सेल्वन २' को एउटा गीतको सङ्गीत चोरी गरेको मुद्दामा ठुलो झट्का दिएको छ। अदालतले फिल्मको 'वीरा राजा वीरा' बोलको गीत ठाकर बन्धुहरूको 'शिव स्तुति' बाट कपी गरिएको ठहर गर्दै दिल्ली उच्च अदालतको एकल इजलासको फैसलालाई सदर गरेको हो।

शास्त्रीय गायक फैयाज वसिफुद्धिन ठाकरले सन् २०२३ मा मणिरत्नम निर्देशित सो फिल्ममा आफ्नो बुबा र काकाले तयार पारेको ‘शिव स्तुति’ को सङ्गीत विना अनुमति प्रयोग गरिएको भन्दै मुद्दा दायर गरेका थिए। उनले एआर रहमान र निर्माण पक्षले आफूलाई उचित श्रेय र मुआब्जा दिनुपर्ने माग गरेका थिए। यद्यपि 

रहमानका वकिलले यो परम्परागत ध्रुपद शैलीको सङ्गीत भएको र यसमा कसैको एकल अधिकार नहुने तर्क गरेका थिए। दिल्ली उच्च अदालतको एकल इजलासले यसअघि नै रहमानको सङ्गीतले याचिकाकर्ताको अधिकार उल्लंघन गरेको भन्दै २ करोड रुपैयाँ धरौटी जम्मा गर्न र मुद्दालगत्तै २ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो। 

साथै, सबै ओटीटी प्लेटफर्ममा सो गीतको 'क्रेडिट स्लाइड' परिवर्तन गरी ठाकर बन्धुको नाम उल्लेख गर्न समेत भनिएको थियो। उच्च अदालतको डिभिजन बेन्चले यो फैसला उल्टाए पनि सर्वोच्च अदालतले फेरि एकल इजलासकै पक्षमा निर्णय सुनाएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जोयमाला बागचीको इजलासले शास्त्रीय सङ्गीतका सर्जकहरूले सम्मान र पहिचानको अपेक्षा गर्नु स्वाभाविक भएको टिप्पणी गरेको छ। अदालतले रहमानलाई २ करोड रुपैयाँ अदालतमा जम्मा गर्न आदेश दिँदै थप जवाफका लागि फेब्रुअरी २० सम्मको समय दिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप