मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

लेबनान–सिरिया सीमामा इजरायली आक्रमण, चार जनाको मृत्यु

सोमबार, ०४ फागुन २०८२, ०८ : १७
सोमबार, ०४ फागुन २०८२

तेल अभिभ । इजरायली सेनाले सोमबार बिहान लेबनान–सिरिया सीमाक्षेत्रमा एक सवारीसाधनलाई लक्षित गरी हवाई आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ।

लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा मृत्यु हुनेमध्ये एक जना सिरियाली नागरिक रहेका छन्। इजरायली सेनाले सामाजिक सञ्जालमार्फत उक्त आक्रमणमा प्यालेस्टिनियन इस्लामिक जिहाद (पीआईजे) का सदस्यहरूलाई निशाना बनाइएको दाबी गरेको छ। तर सेनाले उनीहरू सो समूहका सदस्य नै भएको प्रमाण सार्वजनिक गरेको छैन।

आक्रमण लेबनानको मजदल अन्जार क्षेत्रमा भएको बताइएको छ।

पीआईजेले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। यो समूह गाजा क्षेत्रमा हमाससँग मिलेर लड्ने सशस्त्र संगठनका रूपमा चिनिन्छ र लेबनानको हिजबुल्लाहसँग पनि यसको निकट सम्बन्ध रहेको बताइन्छ।

नोभेम्बर २०२४ मा इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति भएको थियो। तर त्यसपछि पनि इजरायली सेनाले लेबनानमा आक्रमण जारी राखेको आरोप लाग्दै आएको छ। संयुक्त राष्ट्रसंघका अनुसार युद्धविरामपछि एक वर्षभित्र इजरायलबाट १० हजारभन्दा बढी हवाई तथा स्थल आक्रमण भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप