कांग्रेसले बोलायो अनुशासन समिति बैठक, बागीलाई उम्मेदवारी फिर्ता लिन दबाब
सारांश
- नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
- बैठकको मुख्य एजेण्डा पार्टीका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको छ।
- कांग्रेसले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने तयारी गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको बैठक पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको जानकारी दिए ।
दुलालका अनुसार देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् । एक पटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने त्यो समयमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ ।
कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु १ बाट आषिश शर्मासहित ३ जना रहेका पनि दुलालले जानकारी दिए । समितिको सदस्यमा धना खतिवडा र सुवासकुमार पोखरेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण