बोन्डी बिच सामूहिक गोली काण्डका आरोपी पहिलो पटक अदालतमा
सारांश
- बोन्डी बिच गोलीकाण्डका आरोपी नवीद अक्रम अदालतमा उपस्थित भए, जसमा १५ जनाको ज्यान गएको थियो।
- अक्रमलाई १५ वटा हत्या, आतंकवादी हमला र अन्य आरोप सहित ५९ वटा आरोप लगाइएको छ।
- अदालतले घटनाका पीडितहरूको पहिचान गोप्य राख्ने आदेश दिएको छ, तर उनीहरूले चाहेमा सार्वजनिक गर्न सक्नेछन्।
मेलबर्न । अस्ट्रेलियाको बोन्डी बिचमा भएको सामूहिक गोली काण्डका आरोपी नवीद अक्रम अदालतमा उपस्थित भएका छन् । अक्रम सोमबार पहिलो पटक अदालतमा उपस्थित भएका हुन् ।
अक्रम र उनका बुबाले मिलेर अस्ट्रेलियामा पछिल्ला करिब ३० वर्षकै सबैभन्दा घातक गोली काण्ड गरेको आरोप लागेको करिब दुई महिनापछि उनी अदालतमा उपस्थित भएका हुन् । २४ वर्षीय अक्रम सिड्नी अदालतमा जेलबाट भिडियो लिङ्कमार्फत झन्डै पाँच मिनेट उपस्थित भएका थिए ।
उनी विरुद्ध १५ वटा हत्या, आतङ्कवादी हमला तथा अन्यसमेत गरी ५९ वटा आरोप दर्ता भएको छ । प्रहरीका अनुसार डिसेम्बर १४ मा बोन्डी बिचमा आयोजना गरिएको यहुदी पर्व हनुक्का कार्यक्रममा आक्रमण हुँदा १५ जनाको ज्यान गएको थियो भने ४० भन्दा बढी घाइते भएका थिए ।
घटनास्थलमै नवीदका ५० वर्षीय बुबा साजिद अक्रम प्रहरीको गोलीबाट मारिएका थिए । नवीद गम्भीर घाइते अवस्थामा पक्राउ परेका थिए । अदालतमा उपस्थित भएका अक्रमले धेरै बोलेनन् । न्यायाधीशले अदालतको आदेश सम्बन्धी छलफल बुझेको छ कि छैन भनेर सोधेका थिए । उनले ‘छ’ मात्रै भनेका थिए ।
अदालतले गोली काण्डबाट बाँचेकाहरूको पहिचान गोप्य राख्ने आदेश दिएको छ । तर उनीहरूले चाहेको खण्डमा आफैँ सार्वजनिक गर्न सक्ने व्यवस्था छ ।
अक्रमका वकिल बेन आर्चबोल्डले उक्त मुद्दाबारे टिप्पणी गर्न हतार हुने बताएका छन् । अक्रमलाई अहिले गौल्बर्न सुपर म्याक्स जेलमा कडा सुरक्षा व्यवस्थाबिच राखिएको छ ।
प्रहरीसँगको बयान प्रक्रियासमेत प्रारम्भिक चरणमै रहेको भन्दै थप विवरण दिन उनले अस्वीकार गरेका थिए । यो मुद्दाले अस्ट्रेलियामा सुरक्षा र आतङ्कवाद नियन्त्रणबारे पुनः बहस सुरु गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण