झापामा एमालेले सुरु गर्यो प्रचार प्रसार
झापा । झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले चुनावी प्रचारलाई तीव्र बनाएको छ । पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्रको रुपमा रहेको यहाँ प्रत्येक वडाका निर्वाचन परिचालन एवम् प्रचार समितिहरू क्रियाशील भएका छन् । पार्टी अध्यक्ष ओलीको बाक्लो उपस्थिति र सक्रियताका कारण समेत यहाँको चुनावी गतिविधि थप सक्रिय र प्रभावकारी बनेको छ ।
यहाँ चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै एमालेले क्षेत्र नं. ५ का सबै २९ वडामा प्रचार संयन्त्र परिचालन गरेको जनाएको हो । निर्वाचन परिचालन समिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार प्रत्येक वडामा प्रचार–प्रसार समिति सक्रिय रूपमा क्रियाशील भएको छ । घरदैलो अभियान, टोल भेला तथा विभिन्न समूहसँगको छलफल समेत सघन रुपमा हुँदै आएका छन् ।
यस निर्वाचन क्षेत्रमा दमक नगरपालिकाका सबै १० वडा सहित कमल गाउँपालिकाका सबै ७ वडा पर्दछन् । यस्तै गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका केही वडाहरू पनि यही निर्वाचन क्षेत्रमा पर्दछन् ।
चुनावी प्रचार समिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य ईन्द्र भण्डारीका अनुसार यस क्षेत्रमा जनपरिचालन सशक्त रूपमा भइरहेको छ । एमालेको साङ्गठनिक संरचना, कार्यकर्ता परिचालन क्षमता र ओलीको व्यक्तिगत राजनीतिक प्रभावका कारण जनसहभागिता उल्लेख्य देखिएको उनको भनाइ छ ।
झापा निर्वाचन क्षेत्र नं. ५ मा एमालेले सङ्गठन, नेतृत्व र मुद्दालाई एकैसाथ अघि सार्दै चुनावी अभियानलाई तीव्र बनाएको हो । यहाँ विभिन्न व्यक्ति र पक्षले सिर्जना गरेको भ्रमहरूलाई नागरिक स्तरबाटै चिर्ने काम समेत भई रहेको छ । स्वतः स्फूर्त रुपमा नागरिकहरूले एमालेका विरुद्धमा सिर्जना गरिएका भ्रमहरू चिर्दै आएका छन् ।
नेकपा एमालेले राष्ट्र तथा राष्ट्रियताका पक्षमा लिएको अडान, दीर्घकालीन विकासका लागि सुरु गरिएका दूरगामी महत्वका योजना, स्थानीय स्तरमा भएको तीव्र विकास लगायतका कारण यहाँका मतदाताहरू एमालेको पक्षमा सशक्त देखिएका छन् ।
पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीको अगुवाइमा यहाँ भएका पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएको पहुँच अभिवृद्धि लगायतका कारण समेत यहाँका मतदाताहरू एमालेको पक्षमा देखिएका छन् ।
एमाले प्रदेश सदस्य अमर शिवाकोटीका अनुसार दक्षिण झापाका पनि सबै वडामा प्रचारप्रसारको काम सुरु गरिएको छ । कतै चोक बजारमा झण्डा गाडेर पार्टीको उपस्थिति देखाइएको छ भने कतै चोक बजारमा नाचगान सहित घरदैलो सुरु गरिएको छ ।
यस क्षेत्रमा महिला, बुद्धिजीवी, युवा, विद्यार्थी लगायतका अलग अलग समूह र प्रचार समितिहरू समेत सक्रिय रुपमा परिचालन भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण