९ महिनाको गर्भ बोकेर घरदैलोमा रञ्जु (तस्बिरहरू)
काठमाडौँ । २०७४ को स्थानीय चुनावमा विवेकशील नेपालीबाट काठमाडौँको मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शना यो पटकको चुनावमा काठमाडौँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी छिन् । १७ वर्षकै उमेरमा राजनीतिमा लागेकी रञ्जु निर्वाचन आएसंगै चुनावी प्रचारमा लागेकी छिन् । ९ महिनाको गर्भवती भए पनि उनले आफ्नो चुनावी प्रचार प्रसार रोकेकी छैनन् ।
सोमबारदेखि निर्वाचन आयोगले १५ दिनको लागि प्रचार प्रसार गर्न पाउने समयसीमा तोकिदिएपछि उनी आफ्नो श्रीमानको साथमा प्रचार प्रसारमा निस्केकी छिन् । काठमाडौँ क्षेत्र नम्बर १ मा पर्ने कामनापाका १०, ११, २९ र ३१ वडा सम्मिलित यो क्षेत्रमा २३ हजार २३७ पुरुष र २५ हजार २५२ महिला गरी कुल मतदाता ४८ हजार ४८९ मतदाता रहेको यस क्षेत्रमा दलसम्बद्ध १६ र स्वतन्त्र १३ गरी २९ उम्मेदवार चुनावी मैदानमा छन् । ती मध्ये पनि ४ महिला उम्मेदवार मध्ये उनी पनि एक हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विवेकशील साझाबाट काठमाडौँ महानगरको मेयरको उम्मेदवार हुँदा उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन् । २०७९ सालमा उनी विवेकशील साझाबाटै काठमाडौँ–५ मा प्रतिनिधिसभा सदस्यकै उम्मेदवार थिइन्। त्यतिबेला भने परिणाम उनका लागि सुखद रहेन। यसपटक रास्वपाको राम्रो लहर भएकाले काठमाडौँ–१ का मतदाताले आफूलाई साथ दिने विश्वास रञ्जुको छ ।
_8NHnqHeQ6l.jpg)
_Rn2jPe0AY3.jpg)
_5HLaeYEWgv.jpg)
_gYz2WdD1sB.jpg)
_BViQdLoYEz.jpg)
_z1IEkAOnHX.jpg)
_kcPg3QJab9.jpg)
_0requIr67A.jpg)
_YKB04cEam9.jpg)
_HB4es1kfTq.jpg)
_dIGA8tNdrm.jpg)
_2pVFGhFWkU.jpg)
_XQdHuk0uZS.jpg)
_fEy59gJx39.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण