समावेशी र पहुँचयोग्य निर्वाचनको लागि बृहत् अभियान थालनी
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई समावेशी र पहुँचयुक्त बनाउने र सुसूचित निर्णयको लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ जनचेतनामूलक एवं प्रचारात्मक सामग्री प्रसारणको सुरुवात गरेको छ ।
गत आइतबार निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेसँगै मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक र अन्य सीमान्तकृत वर्ग तथा समुदायलाई लक्षित गरेर विभिन्न १० वटा स्थानीय भाषामा समावेशीकरण प्रवर्धन र अधिकारको जानकारी सहित शिक्षा तथा सन्देशमूलक सामग्रीहरू तयार पारी प्रसारण तथा प्रचारप्रसारको काम थालेको छ ।
सोमबार काठमाडौँमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय महिला, बालबालिका तथा जेष्ठ नागरिकसहित नागरिकहरूलाई स्वतन्त्र र भयरहित वातावरणमा सुसूचित भएर मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइन् ।
मन्त्रालयका अनुसार नेपालीसहित मैथिली, भोजपुरी, अवधि, तामाङ्ग, नेवारी, राई लगायतका भाषामा शिक्षा र जानकारीमूलक सामग्रीहरूको प्रचारप्रसार थालिसकेको छ ।
चुनावमा प्रत्यक्षतर्फ ११ प्रतिशत मात्रै महिला उम्मेदवार मैदानमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस्तो अवस्था सुधार गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिइन् । निर्वाचनमा महिला मतदाताको सहभागी बढाउनका लागि मन्त्रालयले विशेष अभियान चलाउने बताइन् ।
सातै प्रदेशको निर्वाचन तयारीका बारेमा जानकारी लिँदा चुनावमा महिला सहभागिता, अपाङ्गतामैत्री र पहुँचयोग्य मतदानस्थलको सुनिश्चितताका लागि मन्त्रालयले सरोकारवालासँग समन्वय गरिरहेको पनि उनको भनाइ थियो ।
उनले निर्वाचनको क्रममा बालबालिकाकाे दुरुपयोग रोक्न समेत सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने बताइन् । बालबालिकाको संरक्षण र बालअधिकार सुनिश्चित गर्न सरकार, नागरिक समाज र अभिभावक सहित सबै पक्षले एकसाथ काम गर्नुपर्नेमा समेत जोड दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण