आपूर्ति तथा उपभोक्ता विभागद्वारा एक फर्मलाई जरिवाना
बुधबार, ०६ फागुन २०८२, ०१ : ०१
सारांश
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ।
- विभागले सुनिल क्यान्टिनलाई जरिवाना गरेको छ भने हेल्दी बाइट्म सर्भिसेज प्रालिलाई कागजातसहित उपस्थित हुन भनेको छ।
- विभागले कानुन कार्यान्वयनका लागि नियमित बजार अनुगमन गर्दै आएको छ।
काठमाडौँ । बजार अनुगमनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ ।
यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ । विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।
स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण