सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए

बुधबार, ०६ फागुन २०८२, ०७ : ५२
बुधबार, ०६ फागुन २०८२

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा एक हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४०७ थान मात्र प्राप्त भएका छन् । उनले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह गर्दै निर्धारित समयभित्र त्यसो नगरे कारबाही हुने चेतावनी दिएका छन् ।

प्रशासनलाई बुझाइएका सबै हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप