युक्रेन वार्तामा अर्थपूर्ण प्रगति भएको अमेरिकाको दाबी
सारांश
- जेनेभामा रुस-युक्रेन वार्तामा प्रगति भएको बताइएको छ।
- युक्रेनले पश्चिमी सुरक्षा ग्यारेन्टी बिना कुनै सम्झौता नगर्ने कुरा स्पष्ट पारेको छ।
- राष्ट्रपति जेलेन्स्कीले रुसलाई विजय सुम्पिएर शान्ति कायम गर्न नसकिने बताए।
वासिङटन डीसी । स्विट्जरल्यान्डको जेनेभामा भइरहेको रुस–युक्रेन वार्तामा अर्थपूर्ण प्रगति भएको बताइएको छ ।
अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ भएको हो । दुवै पक्ष बुधबार वार्ताको दोस्रो दिनका लागि तयारी गरिरहेका छन् । तर तत्काल ठोस सम्झौताको सम्भावना कम देखिएको छ । अमेरिका र डोनाल्ड ट्रम्पबाट बारम्बार आफ्नो देशलाई असमान सम्झौता गर्न दबाब दिनु न्यायोचित नभएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन् । ‘यदि विजय रुसलाई सुम्पिएर शान्ति कायम गरिन्छ भने त्यो वास्तविक शान्ति हुन सक्दैन,’ उनले भनेका छन् ।
छलफलमा युक्रेनले पश्चिमी देशहरूले दिने सुरक्षा ग्यारेन्टीहरू सुनिश्चित हुनुअघि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेको छ । रुसले लगभग युक्रेनको २० प्रतिशत भू-भाग कब्जा गरेको छ, जसमा पूर्वी डोनबास क्षेत्रका ठुलो हिस्सा पनि समावेश छ । रुसले बाँकी क्षेत्र पनि हस्तान्तरण होस् भन्ने चाहन्छ, तर युक्रेनले यो कुरा अस्वीकार गरिरहेको छ ।
वार्ताको पहिलो दिन युक्रेनी शीर्ष वार्ता टोलीका प्रमुख रुस्तम उमेरोभले व्यावहारिक मुद्दा र सम्भावित समाधानको प्रक्रियामा केन्द्रित भएको बताएका थिए ।
वार्तापछि भिडियो सम्बोधनमा जेलेन्स्कीले युक्रेनले अमेरिकी प्रस्तावअनुसार हमला रोक्न तयार रहेको बताए । ‘हामीलाई युद्ध चाहिँदैन, हामी हाम्रो राज्य र स्वतन्त्रताको रक्षा गर्दै छौं । अब वार्ता अगाडि बढाउने निर्णय मात्र रूसमाथि छ,’ उनले भने । यो वार्ता तेस्रो चरणको त्रिपक्षीय छलफल हो । दुवै पक्षले अझै महत्त्वपूर्ण मुद्दाहरूमा सहमति जुटाउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण