लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छ: पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै उनले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री खनालले चुनावमा नयाँ भनिनेसँग कुनै नयाँ नीति, कार्यक्रम वा प्रतिबद्धता नदेखिएको धारणा राख्दै पहिलेदेखि काम गर्दै आएका पार्टीहरूले आफ्ना विगतका कमजोरीहरू सच्याउँदै नयाँ सङ्कल्प लिएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । आसन्न निर्वाचन सम्पूर्ण नेपालीका निम्ति एउटा अर्को अवसर र चुनौतीका रूपमा हेर्नुपर्ने खनालको भनाइ छ ।
नेपालको इतिहासमा निरङ्कुश तानासाही राणा शासनविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातान्त्रिक प्रक्रियाले विजय प्राप्त गरेको स्मरण गर्दै नेता खनालले यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री खनालले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस अवधिमा लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान, नयाँ आम निर्वाचन र दुई तिहाइको सरकार बनाउने जस्ता ऐतिहासिक उपलब्धि प्राप्त गरेको स्मरण गरेका छन् । “सहिदहरूकै बलिदानले देशमा पटक पटक परिवर्तन भएको छ । पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा पनि मुलुकमा समृद्धि कायम हुन सकेको छैन । अब मुलुकमा क्रान्तिकारी भूमि सुधार, कृषिमा आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको आवश्यकता छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण