दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई आजीवन कारावासको सजाय
सोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक येओललाई संवैधानिक व्यवस्था उल्ट्याउने प्रयास गरेको ठहर गर्दै अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । अदालतले उनलाई सन २०२४ मा घोषणा गरिएको सैनिक शासन (मार्सल ल) मार्फत विद्रोहको नेतृत्व गरेको अभियोगमा दोषी ठहर गरेको हो ।
न्यायाधीश जी ग्वि–योनले फैसला सुनाउँदै यूनले संवैधानिक व्यवस्था कमजोर पार्ने कार्य गरेको र संसदको कामकाजलाई बलपूर्वक दबाउन उनी जिम्मेवार रहेको उल्लेख गरे । अदालतका अनुसार उनले सेनालाई केही विशिष्ट व्यक्तिलाई नियन्त्रणमा लिन आदेश दिएका थिए, जसमा तत्कालीन विपक्षी नेता तथा वर्तमान राष्ट्रपति लि जेए म्युङ पनि थिए ।
फैसलामा युनको उद्देश्य राष्ट्रिय सभाभित्रको राजनीतिक गतिविधि नै पक्षाघात पार्ने रहेको निष्कर्ष निकालिएको छ । विशेषगरी डिसेम्बर २०२४ मा मार्सल ल घोषणा गरेपछि संसद भवनमा सेना पठाउनु नै यस मुद्दाको मुख्य आधार भएको अदालतले जनाएको छ । सरकारी अभियोजकहरूले भने युनले यो कदम कम्तीमा एक वर्षअघि नै योजना बनाएको दाबी गरेका थिए । तर न्यायाधीशले त्यस दाबीलाई समर्थन गर्ने पर्याप्त भौतिक प्रमाण नपाइएको बताएका छन् ।
फैसलापछि अदालत परिसर वरिपरि युनका समर्थकहरूले कडा प्रतिक्रिया जनाएका छन् । हजारौँ समर्थक अदालत बाहिर भेला भएका थिए र उनीहरू पूर्वराष्ट्रपतिलाई निर्दाेष ठहर गरिने अपेक्षामा थिए । यद्यपि उनका समर्थक बाहेक धेरैले यस्तो नतिजाको अपेक्षा गरेका थिएनन् ।
कानुनी विश्लेषकहरूका अनुसार युनले सजायविरुद्ध अपिल गर्ने सम्भावना उच्च छ । उनी बिहीबारै सजाय सुनाइएका प्रमुख राजनीतिक व्यक्तिहरूमध्ये एक हुन् । यो फैसला दक्षिण कोरियाको राजनीतिक इतिहासमा महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ, जसले सैनिक हस्तक्षेप र संवैधानिक सीमाबारे नयाँ बहस सुरु गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण